काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राष्ट्रपति र प्रधानमन्त्रीको नामको अगाडि ‘सम्माननीय’ शब्दको प्रयोग गर्न लाज लाग्ने भएको बताएका छन् ।
सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै अध्यक्ष लोहनीले दुई उच्च पदको इज्जत र गरिमाको लागि गरिने शब्दको प्रयोगको औचित्य नरहेको भाव प्रकट गरेका हुन् ।
संवैधानिक परिषदको संरचना बदल्ने प्रयास देख्दा अब प्रधानमन्त्री या राष्ट्रपतिको नामको अगिल्तिर सम्माननीय शब्दको प्रयोग गर्न लाज लाग्ने भएको बताएका हुन् ।
यस्तो लेखेका छन् उनले ट्वीटरमा (जस्ताको त्यस्तै)
‘हामी प्रधान मन्त्रि या रास्ट्रपति को नाम को अगिल्तिर "सम्माननीय" सब्द त्यो उच्च पद को इज्जत र गरिमा को लागि प्रयोग गर्दछौ तर आज संबैधानिक परिषद को संरचना बदल्ने प्रयास देख्दा अब प्रधान मन्त्रि या रास्ट्रपति को नाम को अगिल्तिर सम्माननीय सब्द को प्रयोग गर्न लाज लाग्ने भएको छ’