इंग्लिस प्रिमियर लिगः लिभरपुल शीर्षमा, यस्तो छ नतिजा
प्रकाशित २०७७ पुष २ बिहिबार
81
Shares
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन लिभरपुल शीर्ष स्थानमा पुगेको छ । बुधबार राति एनफिल्डमा भएको शीर्ष क्लबहरुबीचको भिडन्तमा लिभरपुलले टोटनह्याम हट्सपरलाई २–१ गोल अन्तरले हराएर शीर्ष स्थानमा पुगेको हो ।
खेलमा लिभरपुलले २६ औं मिनेटमा मोहमद सलाहको गोलमार्फत अग्रता लिएको थियो । टोटनह्यामका सन ह्युङ मिनले ३३ औं मिनेटमा बराबरी गोल फर्काए ।
खेलको अन्तिम मिनेटमा ब्राजिली स्टार फिर्मिन्होले गोल गर्दै लिभरपुललाई जित दिलाए ।