काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद डा. चन्द्र भण्डारीले देशमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले निम्त्याएको बेथितिको तत्काल अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । उनले सामाजिक संजाल फेसबुकमार्फत कम्युनिष्ट नेताहरुमा सुझबुझको अभाव देखिएको उल्लेख गरेका छन् ।
नेकपाकै कारण एक अर्कामा गरिने मान र सम्मानका शब्द पनि नरहेको उल्लेख गरेका छन् । नेता डा. भण्डारीले ‘पद संस्था हो ब्यक्ति होइन त्यसलाई कमजोर बनाउन हुँदैन भन्ने सोच्नै भएन’ भन
का छन् ।
उनले सुझाव दिँदै भनेका छन्, ‘साथीहरु अब रसिदको बन्दी नबनौं !!! देश हितलाई एक जुट बनौं सत्यको पक्षमा बोल्नको लागि कायर नबनौं । मृत सभाका सदस्यहरुलाई बिदा गरौं।’