मुगु। बर्ष दिन भित्रमा आफना तीन अविभावक गुमाएर सहाराविहिन बनेका यहाँका एक गाउँका ४ बालबालिकाहरुको आँशु पुछिएको छ। मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नं ११ र्याङ्गचेकाटी गाउँका १२ वर्षिय युवराज कुमालका ४ भाई वहिनीहरुले एक वर्ष भित्रमा बाबु, बाजे र बज्यै गुमाउँदा अविभावक विहिन भएका थिए।
अविभावकविहिन भएपछि घरमा उत्पादनशिल जनशक्ति नहुँदा यी बालबालिकाको पालनपोषण, शिक्षा, दिक्षा र आवासमा समस्या भएपछि गत कार्तिक १९ गते हाम्राकुरा डटकममा युद्ध बहादुर मल्ल र संसार न्युज अनलाईनमा राज बहादुर शाहीले यी बालकहरुको उद्धारका लागी सहयोगको अपिल गदै समाचार लेखेका थिए।
हाम्रा कुरा डटकमका सस्थापक सम्पादक अजयबाबु शिवाकोटी र संसार न्युज डटकमकी प्रवन्ध सम्पादक चन्द्रिका राना थापा(चन्दा)को पहलमा देश विदेशमा रहेका मनकारी व्यक्तिहरुले आफना खर्च कटौती गदै आर्थिक सहयोग गरेका थिए। हाम्राकुराको पहलमा १ लाख २१ हजार ५ सय र संसार न्युजको पहलमा १ लाख र गरि कुल २ लाख २१ हजार ५ सय रकम संकलन भएको थियो।
संकलित रकम बुधबार नेपाल पत्रकार महासंघ मुगु शाखाका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले बालकको घरमै गएर हस्तान्तरण गरेका हुन्। हस्तान्तरण कार्यक्रममा नागरिक समाज मुगुका अध्यक्ष रुप बहादुर मल्ल, पत्रकार महासंघ मुगु शाखाका सस्थापक अध्यक्ष विनोद कुमार मल्ल संचारकर्मीहरु जीवन सेजुवाल, विमल हमाल, अच्युतराज भण्डारी, मोहन कुमार मल्ल, खड्क सुनार सहभागी भएका थिए।
वेसहारा बालबालिकककी आमा सौमती कुमालले सहयोग रकम बुझ्दै सहयोग गर्नेहरु आफनो लागी भगवान भएर धर्तीमा आएको बताइन्। आफना बालबालिकाको शिक्षा र लालन पालनमा उक्त रकम खर्च गर्ने उनले जानकारी दिइन् । उनले भनिन्, 'दाताहरुले सहयोग गरेको खेर जान दिने छैनौ।'
एकै बर्ष भित्र बाजे, बाबु र बजैको किरिया बसेका १२ बर्षे युवराजले भने, 'आफू सहित साना साना भाई वहिनीको दुख देखेर समाचार लेखेका कारण हामीले कहिल्यै नदेखेको रकम सहयोग पाएका छौं। भविष्यमा हामीले सहयोग गरेको सहि ठाँउमा परेछ भन्ने देखाउने गरि आफु पढने र भाईवहिनीलाई पढाउने छौं।'
समाचारकै प्रभावका कारण छायाँनाथ रारा नगरपालिकाले यो परिवारलाई ओडने ओछयाउने कपडा र खाद्यान्न सहयोग गरेको छ भने बुधबारै ग्रामिण युवा तथा समाज विकास केन्द्र (हिरिसडेक) मुगुका अध्यक्ष मुकुन्द रावलले युवराज सहित भाई वहिनीहरुलाई स्कुल झोला,न्यानो कपडा सहयोग गरेका थिए।
ककस्ले गरे युवराजको परिवारलाई सहयोग ?
हाम्राकुरा डटकममा समाचार आएपछि सहयोग गर्नेहरु भुपेन्द्र शम्सेर कुवर(युवा व्यवसायी) २० हजार, दिनेश दाहाल(युवा उद्यमी, संचारकर्मी) १० हजार, जिल्ला सरकारी वकिल कार्यालय कैलालीमा कार्यरत अधिवक्ता सुर बहादुर परियारको पहलमा दिल बहादुर शाही, दामोदर घिमिरे, निर्मला रावल, चित्रा पनेरु, गंगा उपाध्यायले ४२ हजार, राजन अधिकारी(संचारकर्मी) १० हजार, छायाँनाथ रारा नगरपालिका-१ मुगुकी नम्रता मल्ल १० हजार, कर्मचारी युनियनका केन्द्रीय सदस्य कृष्ण सेजुवाल ३ हजार, छायाँनाथ रारा नगरपालिका मुगुकी पद्मादेवी मल्ल २० हजार, सागर पराजुली बौद्धबाट ५ हजार र कविराज कार्की(संचारकर्मी) १५ सय रहेका छन्।
यस्तै संसार न्यूज डटकममा समाचार प्रकाशित भएपछि देश तथा विदेशमा बस्ने मनकारी व्यक्तिहरुले १ लाख सहयोग गरेका छन्। सहयोग गर्नेहरुमा संसार न्युजकी प्रवन्ध सम्पादक चन्द्रा रोका(चन्दिका), ऋतुमा बानिया, कुसुम बाँनिया, गिता घिमिरे, मुना थापा मगर(गायिका), शोभा भण्डारी, राधा रिजाल, सुनिल गुरुङ्ग, माया पाईजा, उसा मल्ल शाही, मंजु पुन(गायिका), ज्ञानु भण्डारी, कमल–सावित्री सेरचन, शुष्मा रिजाल केसी, कमल सुवेधी, रिता कार्की रावल, अमृता घिमिरे, रिना बुढाथोकी, ज्ञानु बाँनिया क्षेत्री, रुपना छन्त्याल, भिम केसी, चम तिलिजा, दिपक ढुंगाना, रामजी शर्मा, सूर्य–निकिता भण्डारी, प्रकाश केसी, रजनी शर्मा, यमुना शर्मा, अनुशा मल्ल(पर्वत), कल्पना कार्की(गुल्मी), कुल गुरुङ्ग(कास्कि), दिपेश कुवर (सिन्धुली)सिर्जना विरही थापा(गायिका) छन्।