काठमाडौं। संवैधानिक परिषद् बैठकमा सभामुखलाई नबोलाइएपछि प्रधानमन्त्री केपी ओलीलाई भेट्न नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल वालुवाटार पुगेका छन्। स्रोतका अनुसार परिषद् अध्यक्ष समेत रहेका प्रधनानमन्त्री ओलीले परिषद् बैठक ५ बजेका लागि डाकेको तर सभामुखलाई बैठकमा नबोलाइएको खबर पाएलगत्तै प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार गएका हुन।
‘परिषद् बैठकमा सभामुखलाई नबोलाएपछि अध्यक्ष प्रचण्ड वालुवाटार जानुभएको छ, विवाद समाधान उन्मुख हुनुपर्ने तर वालुवाटार त्यसतर्फ केन्द्रित नभएपछि शंका उब्जिएको छ,’ प्रचण्ड निकट एक स्थायी कमिटी सदस्यले हाम्राकुरासँग भन्यो।
प्रधानमन्त्री ओलीले आज साँझ ५ बजे बस्ने गरी बोलाइएको बैठकमा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवालाई पनि बोलाइएको छ। तर देउवा बैठकमा सहभागी नहुने उनको सचिवालयले जानकारी दिएको छ। प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ। हाल संसदमा उपसभामुख भने रिक्त छ।