arrow

उखु किसानको करोडौं रकम नतिर्ने अग्रवालविरुद्ध पक्राउ पूर्जी जारी

logo
प्रकाशित २०७७ पुष २ बिहिबार
sugar-mill.PNG

सर्लाही । सर्लाहीको धनकौल स्थित अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवालविरुद्ध जिल्ला प्रशासन कार्यालय सर्लाहीले पक्राउ पूर्जी जारी गरेको छ । उखु किसानको वर्षौंदेखिको करोडौं रकम भुक्तानी नदिएका कारण उद्योगपति अग्रवालविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले उद्योगपति अग्रवालविरुद्ध पक्राउ पूर्जी जारी गरिएको बताए । ‘किसानले दिएको उजुरीका आधारमा पक्राउ पूर्जी जारी गरिएको हो’, प्रजिअ पौडेलले भने, ‘अन्नपूर्णले किसानहरुको १७ करोड रुपैंया भुक्तानी गर्न बाँकी रहेको देखिएको छ ।’ 

हिजो (बुधबार) स्थानीय प्रशासनले पक्राउ पूर्जी जारी गरेपछि सो पूर्जीका आधारमा मुलुकको जुनसकै ठाउँबाट पनि प्रहरीले अग्रवाललाई नियन्त्रणमा लिन सक्ने एक सुरक्षा अधिकारीले जानकारी दिए 



लोकप्रिय समाचार
नयाँ