arrow

सरकार बिरुद्धको आन्दोलनमा राप्रपा : १५ पुसदेखि २५ गतेसम्म जिल्ला सदरमुकाममा प्रदर्शन

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष २ बिहिबार
RPP.jpeg

काठमाडौं। हिन्दु राज्य पुर्नस्थापना र राजा सहितको राष्ट्रको लागि संघर्ष गर्दै आइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारको बिरुद्धमा देशभर शशक्त प्रदर्शनको तयारी थालेको छ। राजा र सरकारद्धारा प्रतिवन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ समूह समेतलाई समेट्ले गरी मुलुकमा राजनीतिक व्यवस्था आवश्यक भएको बताउँदै आएको राप्रपाले सरकार बिरुद्ध संघर्षको कार्यक्रम घोषणा गरेको हो।

जस अनुसार पहिलो चरणको कार्यक्रम अन्तर्गत राप्रपाले १२ पुस देखि पहिलो चरणको आन्दोलन गर्दै छ। पहिलो चरणको आन्दोलनको सुरुवात स्वरुप राप्रपाले १२ गते ७७ वटै जिल्ला सदरमुकाममा रहेका जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउने छ।

यस्तै १२ देखि २१ गतेसम्म जिल्ला सदरमुकाम तथा ठूला सहरहरुमा मोटरसाइकल र्याली गर्ने तथा १५ पुस देखि २५ पुससम्म जिल्ला सदरमुकामहरुमा जनप्रदर्शन गर्ने निर्णय राप्रपाले गरेको छ।

भ्रष्टचार बढेको, कोरोना नियन्त्रणमा सरकार उदासिन बनेको, हत्या, हिंसा तथा बलात्कारका घटना बढेको तथा जनताका कामलाई सरकारले चासो र प्राथमिकतामा नराखेको भन्दै राप्रपाले सरकारलाई खबरदारी गर्न आन्दोलनको घोषणा गरेको राप्रपा नेता जनक पाठकले जानकारी दिए। उनका अनुसार जिल्ला सदरमुकाममा हुने प्रदर्शनलाई केन्द्रिय नेताहरुले सम्बोधन गर्ने छन। सो बारे आगामी छलफलबाट तय गरिने छ।

यसैगरी २५ पुसको कार्यक्रमको समापन पछि दोस्रो चरणका कार्यक्रम ल्याउने राप्रपाको तयारी छ। राप्रपाले आन्दोलनको थप स्वरुप बारे छलफल गर्न पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक समेत बोलाएको छ। बैठक ६ र ७ पुस बस्ने छ।



लोकप्रिय समाचार
नयाँ