arrow

प्रचण्ड कड्किएपछि प्रधानमन्त्री हच्किए, परिषद् बैठक स्थगित

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष २ बिहिबार
oli-prachanda-final.jpg

काठमाडौं। विवादकै बिच संवैधानिक परिषद् बैठक डाकेका प्रधानमन्त्री केपी ओलीले परिषद् बैठक स्थगित गरेका छन् । सभामुखलाई समेत खबर नै नगरि परिषद् अध्यक्ष समेत रहेका ओलीले परिषद् बैठक अहिले ५ बजेका लागि बोलाएका थिए । 

सभामुखलाई खबर नै नगरि बैठक बोलाएर बिवाद चर्किएपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल वालुवाटार पुगेका थिए । त्यहाँ उनले बैठक बोलाइएको बारेमा प्रधानमन्त्रीसँग आपत्ती जनाएका थिए । नेकपा स्थायी कमिटीको बैठकमा संवैधानिक परिषद अध्यादेश फिर्ता लिने निर्णय गरेपनि बिहिवार साँझ फेरि बैठक बोलाइएको थियो। बैठकमा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवालाई पनि बोलाइएको थियो । तर देउवा समेत बैठकमा सहभागी नहुने खबर पठाएपछि ओली हच्किएर बैठक स्थगित गरेका हुन् । 

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ । हाल संसदमा उपसभामुख भने रिक्त छ ।



लोकप्रिय समाचार
नयाँ