काठमाडौँ । पछिल्लो २४ घण्टामा ७७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । छ हजार ५८८ जनाको परीक्षण गर्दा थप ७७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
सोमा ४६८ पुरुष र ३०८ महिला छन् । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या नौ हजार ५८० छ ।
हालसम्म कोभिड–१९ संक्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ४० हजार ३६३ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९४७ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण छ जनाको मृत्युसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या १७४९ पुगेको छ ।