arrow

सात सय ७६ थपिए संक्रमित, छ जनाको मृत्यु

logo
प्रकाशित २०७७ पुष २ बिहिबार
corona-nepal-ministry.JPG

काठमाडौँ । पछिल्लो २४ घण्टामा सात सय छयहत्तर जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । छ हजार ५ सय ८८ जनाको परीक्षण गर्दा थप ७ सय ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । 

सोमा ४ सय ६८ पुरुष र ३ सय ८ महिला छन् । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या नौ हजार ५ सय ८० छ ।

हालसम्म कोभिड–१९ संक्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ४० हजार ३ सय ६३ पुगेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ सय ४७ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

२४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा १ सय ५२ महिला र २ सय ११ जना पुरुष रहेका छन् । काठमाडौंमा २ सय ७३, भक्तपुरमा ४१ र ललितपुरमा ४९ जना नयाँ संक्रमित थपिएका हुन् ।  

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण छ जनाको मृत्युसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार ७ सय ४९ पुगेको छ । 



लोकप्रिय समाचार
नयाँ