काठमाडौं । पूर्व राष्ट्रिय टिमका कप्तान तथा प्रशिक्षक विनोद दास नेपाली राष्ट्रिय क्रिकेट टिमका टिम व्यवस्थापक भएका छन् । उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमको व्यवस्थापकमा नियुक्त गरेको हो ।
क्यानले क्रिकेटमा अनुभव र डिग्रीको शैक्षिक योग्यता पुगेका व्यक्तिले मात्र टिम व्यवस्थापकमा आवेदन दिन सक्ने बताएको थियो । सोही अनुसार विनोद खुल्ला प्रतिस्पर्धाबाट नियुक्त भएका हुन् ।
स्रोतका अनुसार क्यानले दिएको अनुभव र डिग्री विनोद दासलाई नै सुहाउँदो तरिकाले बनाइएको थियो । स्रोत भन्छ, ‘विनोदले नै आफूसँग मात्र भएको लाइसेन्सको फाइदा उठाउँदै न्यूनतम योग्यता राख्न लगायो, क्यान लाचार भयो ।’
अन्य को को नियुक्त भए ?
मुख्य प्रशिक्षक–देव वाटमोर
जनरल म्यानेजर– रौनकबहादुर मल्ल
चिफ फाइनान्स अफिसर– रमेशकुमार न्यौपाने