काठमाडौं । विश्वका चर्चित खेलाडीहरु अर्जेन्टाइन लियोनल मेस्सी र पोर्चुगिच क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै पोलिस खेलाडी रोबर्ट लेवान्डोस्की यस वर्षको फिफा वर्ष खेलाडी घोषित भएका छन् ।
तीन खेलाडी अन्तिम मनोनयनमा परेकामा जर्मन क्लब बायर्न म्युनिखबाट खेल्दै आएका लेवान्डोस्कीले बाजी मारेका हुन् । उनले क्लबलाई बुन्डेस लिगा सहित च्याम्पियनसिप र घरेलु कप दिलाएका थिए ।
लवान्डोस्की तीन वटै प्रतियोगितामा सर्वाधिक गोलमा रहेका थिए । उनले गत वर्ष ४७ खेलमा ५५ गोल गरेका थिए ।
पछिल्लो पाँच वर्षमा दोस्रो पटक फिफाले मेस्सी र रोनाल्डोलाई फिफा वर्ष खेलाडी तोक्न नपाएको हो ।
कस्तो थियो भोटिङ ?
मेस्सीले रोनाल्डोलाई बेवास्ता गर्दा रोनाल्डोले भने मेस्सीलाई दोस्रो स्थानमा राखेका थिए । मेस्सीले पहिलो नम्बरमा नेयमार, दोस्रो नम्बरमा केलियन एम्बाप्पे र तेस्रो नम्बरमा लेवान्डोस्कीलाई राखेका थिए ।
रोनाल्डोले भोट गर्दा लेवान्डोस्कीलाई पहिलो, मेस्सीलाई दोस्रो तथा एम्बाप्पेलाई तेस्रो स्थानमा राखेका थिए ।बार्सिलोना स्टार मेस्सीलाई आफूले कहिल्यै पनि प्रतिद्धन्द्धीको हिसाबले नहेरेको रोनाल्डोले हालै भएको च्याम्पियन्स लिगमा हासिल गरेको जितपछि भनेका थिए ।
उनले भनेका थिए, ‘मेरो उनीसँग जहिल्यै निकै राम्रो सम्बन्ध रहँदै आएको छ ।’ मैले १२, १३ वा १४ वर्ष अवार्ड कार्यक्रममा साझेदारी गर्दै आएको छु । मैले उनलाई कहिल्यै प्रतिद्धन्द्धीको रुपमा सोचिन । उनले जहिले पनि आफ्नो टिम र मलाई सधै उत्कृष्ट नै गरे ।’