arrow

४८ देखि ६० लाख रुपैंयाँ पर्ने अगस्टाका चार नयाँ बाइक नेपाली बजारमा

logo
प्रकाशित २०७७ पुष ३ शुक्रबार
bike2.jpg

काठमाडौं । एमभी अगस्टा ब्रान्डको आधिकारिक वितरक भेलोसिटी प्रालिले एमभी अगस्टाको चार नयाँ मोडलहरु नेपाली बजारमा भित्र्याएको छ ।

एमभी अगस्टाले ब्रुटाले ८००आरआर, ड्रयागस्टर ८००आरआर पिरेली (लिमिटेड एडिसन), टुरिज्मो भिलभ ८०० र ड्रयागस्टर ८००आरआर अमेरिका (लिमिटेड एडिसन) नेपाली बजारमा उपलब्ध गराएको बताएको छ ।

८०० सीसी इन्जिन क्षमता भएका यी बाइकमा १४० बीएचपी पावर र ८७ एनएम टर्क रहेको छ । नेपाली बजारमा ब्रुटाले ८००आरआरको मूल्य ४८ लाख ९० हजार, ड्रयागस्टर ८००आरआर पिरेली (लिमिटेड एडिसन) को मूल्य ५९ लाख ९० हजार र ड्रयागस्टर ८००आरआर अमेरिका (लिमिटेड एडिसन) को मूल्य ५७ लाख ९० हजार रुपैयाँ छ ।

त्यसैगरी टुरिज्मो भिलभ ८०० मा भएको ८०० सीसीको इन्जिनले ११० बीएचपीको पावर र ८० एनएमको टर्क जेनेरेट गर्छ । निलो र डार्क ग्रे रङमा उपलब्ध यो बाइकको मूल्य ५७ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

एमभी अगस्टामा सर्वोत्कृष्ट पर्फमेन्सका साथै प्रतिष्ठित डिजाइन रहेको छ र यसमा एडभान्स तथा उच्चस्तरीय पदार्थ र इन्जिनीयरिङ टेक्नोलोजी प्रयोग गरिएको छ ।

कान्तिपथमा अवस्थित एमभी अगस्टाको सोरुम एसजे मोटोमार्फत ग्राहकले यी बाइक खरिद गर्नका साथै सर्भिस, स्पेयर पार्ट्स र एसेसरिज प्राप्त गर्न सक्ने छन् ।



लोकप्रिय समाचार
नयाँ