arrow

एक वर्ष अघि हेर्न नभ्याइएको सभामुख सापकोटाको मुद्दामा पेशी तोकियो

logo
प्रकाशित २०७७ पुष ३ शुक्रबार
Agni_sapkota.jpg

काठमाडौं । सर्वोच्च अदालतले सभामुख अग्निप्रसाद सापकोटा बिरुद्धको मुद्दा पेशीमा राखेको छ ।

सर्वोच्चले सभामुख सापकोटाको अदालतको अवहेलना सम्वन्धि पुरानो मुद्दा आज शुक्रबारको पेशीमा राखेको हो । सो मुद्दामा प्रतिवादी कनकमणी दिक्षित लगायत छन् । मुद्दा दर्ता हुँदा भने सापकोटा संचारमन्त्री थिए ।

सापकोटाको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा परेको छ । 

यसअघि ३० फागुन २०७६ मा समेत पेशीमा चढाइएकोमा हेर्न नभ्याइने भन्दै सुनुवाई सारिएको थियो । सापकोटामाथी काभ्रेका अर्जुन लामाको हत्यामा संलग्नता रहेको भन्दै उनकी पत्नी पूर्णिमाया लामाले ७ मंसिर २०६९ मा मुद्दा हालेकी थिइन् ।

सो मुद्दा विचाराधीन रहेकै समयमा सापकोटा संचारमन्त्री बनेपछि उनी बिरुद्ध दीक्षितसहितले अदालतको अवहेलना मुद्दा हालेका थिए ।



लोकप्रिय समाचार
नयाँ