arrow

खोलाको ढुङ्गामा अड्किएको अवस्थामा भेटियो महिलाको शव

logo
प्रकाशित २०७७ पुष ३ शुक्रबार
kaligandaki.jpeg

बलेवा । कालीगण्डकी नदीको किनारमा शुक्रबार बिहान बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ । 

बागलुङको जैमिनी नगरपालिका–५ बिनामारे नजिकै कालीगण्डकीको किनारमा परिचय नखुलेकी आन्दाजी ५० वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

नदी छेउमा ढुङ्गामा अड्किएको अवस्थामा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीचौकी कुश्मीशेराबाट घटनास्थल पुगेका टोलीले शव उठाएको छ । शवको पहिचान र परीक्षणको काम भइरहेको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए । 

शवको पहिचानका लागि प्रहरीले हुलियासहितको तस्वीर मातहतका एकाइमा पठाएको छ । कहीँकतैबाट हराएको वा खबर नआएकाले तत्काल शवको पहिचान गर्न कठिन भएको प्रहरी नायब उपरीक्षक रेग्मीले बताए ।



लोकप्रिय समाचार
नयाँ