arrow

स्वास्थ्य संस्थामा शिशु जन्माउने आमालाई अठासी सय दिइने

logo
प्रकाशित २०७७ पुष ३ शुक्रबार
baby1.jpg

दोलखा । नियमितिरूपमा जाँच गरी स्वास्थ्य संस्थामा बच्चा जन्माउने आमालाई तत्कालै मेलुङ गाउँपालिकाले रु आठ हजार ८०० दिने गरेको छ । आर्थिक वर्ष २०७७-०७८ को शुरुदेखि नै गाउँपालिकाले सङ्घीय सरकारले प्रदान गर्ने रु तीन हजार ८०० मा रु पाँच हजार थप गरेर सो रकम दिने गरेको हो । 

सुत्केरी स्याहार खर्च र सुत्केरी पोषण खर्चका नाममा पालिकाका सबै वडामा सो रकम वितरण गरिँदै आएको छ । हालसम्ममा १०० जनालाई वितरण गरेको गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले बताए । सुरक्षितरूपमा बच्चा जन्माएर बालमृत्युदर र मातृ मृत्युदर कम गर्ने उद्देश्यले जिल्लामै यो नमुना नमुना काम सो गाउँपालिकाले गर्दै आएको छ । 

उक्त गाउँपालिकाभित्र जुनसुकै कारणले मृत्यु भएकाका परिवारलाई तत्काल रु पाँच हजार दिने गरेको छ । वडा सचिवमार्फत आफ्नो क्षेत्रभित्र मृत्यु भएका परिवारलाई तत्काल सहयोग पुगोस् भन्ने उद्देश्यले घरमै पु¥याइदिने गरेको हो । समाजलाई समाजिक रूपान्तरण गर्ने कुराको महशुस गर्दै गाउँपालिकाको छैठौँ गाउँसभा अधिवेशनबाट सो रकम दिँदै आएको अध्यक्ष श्रेष्ठले बताए । 

आव २०७७-७८ बजेट नीति तथा कार्यक्रममा किरिया खर्चका लागि रु पाँच लाख र सुत्केरी पोषण खर्चका लागि रु पाँच लाख विनियोजन गरेकामा यसले नपुग्ने देखिएकाले आगामी हिउँदे अधिवेशनमा रु पाँच-पाँच लाख थप गर्ने गाउँपालिकाकोले जनाएको छ । 



लोकप्रिय समाचार
नयाँ