arrow

दाहाल-नेपालको गुट भेला गौतमद्वारा बहिष्कार

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष ३ शुक्रबार
bamdev-gautam.jpg.jpeg

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल आयोजना गरेको गुट भेलालाई उपाध्यक्ष वामदेव गौतमले बहिष्कार गरेका छन्। उपाध्यक्ष वामदेव गौतमले आफू कुनै पनि गुटको भेलामा नजाने तर पार्टीका बैठक नछाड्ने बताउदै उनले पेरिसडाडामा भएको गुट भेलालाई बाहिष्कार गरेका हुन्।

शुक्रबार दिउँसो प्रचण्ड–नेपाल पक्षको भेलामा नगएका उपाध्यक्ष गौतमले गुट भेलामा नजाने बताएका हुन्। उनका प्रेस सहयोगी विश्वमणी सुवेदीका अनुसार अहिले भेला गर्ने बेला होइन, बैठकबाटै समस्याको समाधान खोज्नु पर्ने भएकाले आफू त्यस्ता भेलामा नजाने बताएका हुन्।

उनले पाँचजना नेताको बैठकमा भने सहभागी हुने बताएका छन्। शुक्रबारको पेरिस डाँडा बैठकमा गौतम सहभागी नहुनुले सो समूहमा फूट आएको हो कि भन्ने आशंका बढेको छ। भेलामा कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपालले सम्बोधन गरेका थिए।

पेरिसडाँडामा शुक्रवार आयोजित प्रदेश १ का अध्यक्ष र सचिवहरुको भेलाले ओलीको सर्वसत्तावदी प्रवृत्तिको विरुद्ध एक जुट हुने निर्णय गरेको भेलामा सहभागी केन्द्रीय सदस्य  जगन्नाथ खतिवडाले बताए। ‘पार्टीलाई सर्वसत्तावादी र एकाधिकारवादी ढंगले सञ्चालन गर्ने कुराका विरुद्ध डटेर लाग्ने निष्कर्ष निकालेका छौ’, उनले भने। खतिवडाले गलत प्रवृतिहरुका विरुद्धमा कसरी संगठित भएर प्रतिवाद गर्ने भन्ने छलफल गरेको बताए।



लोकप्रिय समाचार
नयाँ