काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडियो) सहित अध्यागमन अधिकृत, सहसचिव र उपसचिव गरी १८ को सरुवा गरेको छ । शुक्रबार गृह मन्त्रीस्तरीय निर्णयअनुसार उनीहरुलाई पदस्थापन, सरुवा तथा काज सरुवा गरिएको हो ।
मन्त्रालयले दिएको जानकारीअनुसार गृह मन्त्रालयका सहसचिव ढुण्डीप्रसाद निरौलालाई ललितपुर, धनकुटाका सिडियो केशवप्रसाद विमलीलाई महोत्तरी, गृहका सहसचिव वासुदेव दाहालाई धनकुटा, रामेछापका सिडियो रुद्रादेवी शर्मालाई गुल्मी, पाँचथरका सिडियो अर्जुनकुमार शर्मालाई रामेछापको सिडियोमा र खोटाङका सिडियो शालिग्राम शर्मा पौडेललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
ललितपुरका सिडियो नारायणप्रसाद भट्ट सचिवमा बढुवा भएर बाग्मती प्रदेश कार्यालयमा पठाइएकाले निरौलालाई ललितपुरमा सरुवा गरिएको हो । यस्तै महोत्तरीका सिडियो कृष्णबहादुर कटुवाललाई कारागार कार्यलय झुम्का, सुनसरी पठाइएको छ भने भोजपुरका सिडियो वसन्तराज पुरीलाई इलाका प्रशासन कार्यालय उदयपुरको कटारी पठाइएको छ ।
अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत कृष्णप्रसाद भण्डारीलाई भोजपुरको सिडियो, गृल्मीका सिडियो भरतकुमार शर्मालाई गृह मन्त्रालय र डोल्पाका सिडियो सुरेश सुनारलाई अध्यागमन कार्यालयमा सरुवा गरिएको छ । गृह मन्त्रालयका उपसचिव माधवप्रसाद ढकाललाई डोल्पा, मृगुका सिडियो कृष्णकुमार निरौलालाई सिरहा र गृह मन्त्रालयका उपसचिव मित्रलाल शर्मालाई खोटाङको सिडियोमा सरुवा गरिएको छ ।
इलाका प्रशासन कार्यालय कटारीका उपसचिव चन्द्रबहादुर सिवाकोटीलाई मुगु, गृह मन्त्रालयका उपसचिव पुण्यप्रसाद ढकाल र जयराज भण्डारीलाई क्रमशःपाँचथर र तेह्रथुमको सिडियोमा तथा तेह्रथुमका सिडियो विश्वराज न्यौपानेलाई गृह मन्त्रालयमा सरुवा गरिएको जनाइएको छ ।