arrow

शुक्रबार साँझ बालुवाटार पुगे प्रचण्ड

logo
प्रकाशित २०७७ पुष ३ शुक्रबार
oli-prachanda-final.jpg

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएको छ ।

 प्रधानमन्त्री ओलीसँग छलफलका लागि अध्यक्ष दाहाल शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।  अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार भेटमा समसामयिक विषयमा छलफल भएको थियो । 

पछिल्लो पटक सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको सन्दर्भमा नै नेकपाभित्र बहस जारी छ । बुधबार बसेको नेकपा स्थायी कमिटीको बैठकले मङ्गलबार जारी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तथा सङ्घीय संसद्को विशेष अधिवेशनको माग राखी पार्टीका सांसदले राष्ट्रपतिसमक्ष दिएको आवेदन दुवै फिर्ता लिने निर्णय गरेको थियो । 

नेकपा स्थायी कमिटीको अर्को बैठक यही पुस ५ गते बस्नेछ । यस्तै केन्द्रीय कमिटीको बैठक पुस १० मा बस्नेछ ।  



लोकप्रिय समाचार
नयाँ