arrow

दाहालसँग सम्बन्ध कसिलो बनाउने प्रयासमा ओली, छाने विवाहपंचमीको साइत 

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष ४ शनिबार
oli-prachanda-gautam.jpg

काठमाडौं। पार्टीभित्रको आन्तरिक दबाब झेलिरहेका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न शनिबार बिहान खुमलटार पुगेका छन् । प्रधानमन्त्री ओली आउने भएपछि खुमलटार क्षेत्रमा विहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको थियो । 

दाहाल नेपाल समूहले शुक्रबार मात्रै प्रदेश १ को भेला गरेर पार्टी विभाजन हुनसक्ने संभावना रहेको बताएपछि ओली शनिवार विहान प्रचण्ड निवास खुमलटार पुगेका हुन् । शुक्रबार साँझ मात्रै पनि ओली र प्रचण्डबीच भेटघाट भएको थियो । प्रचण्ड र माधव नेपालले कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटेर प्रधानमन्त्री केपी ओलीसँगको शंकास्पद सम्बन्धमा रहेका सभापति शेर बहादुर देउवालाई नियन्त्रण गर्न आग्रह गरेकै बेला ओली खुमलटार पुगेका हुन् ।

पार्टीमा आन्तरिक विवाद चर्केर उच्च तहमा रहेका बेला ओली दाहाललाई भेट्न खुमलटार जान लागेकोलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक ओली दाहाललाई भेट्न उनकै निवासमा गएका हुन् । यसअघि उनी वामदेव गौतमलाई भेट्न खुमलटार पुगेका थिए ।

तीन बर्षअघी कसिएको तत्कालिन एमाले र माओवादीको गाँठो फुस्कनेतर्फ अघी बढेपछि ओली यसलाई कसिलो बनाउन लागिपरेको रुपमा पनि कतिपयले टिप्पणी गरेका छन् । कतिपयले भने विवाहपंचमीकै साइत पारेर ओलीको यो प्रयासलाई लगनगाँठो कसिलो बनाउने प्रयासका रुपमा पनि टिप्पणी गरेका छन् । भगवान राम र माता सीताको लगनगाँठो कसिएको दिन ओलीको यो प्रयासले कति सम्बन्ध कसिलो हुने हो त्यो भने हेर्न बाँकी छ।  



लोकप्रिय समाचार
नयाँ