arrow

विकल्पहरु सकिंदै गएपछि झुके ओली, दिनभर नेता तथा मन्त्रीहरुको घरदैलोमा

ठूलै निर्णय लिनसक्ने अनुमान

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष ४ शनिबार
oli-prachanda-gautam.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार एकाएक ‘कुल’मुडमा देखिएका छन् । पार्टी भित्रको दबाब थेग्ने स्थिति नभएपछि शनिबार नेता तथा मन्त्रीहरुको घरदैलोमा ब्यस्त रहे ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र विवाद उत्षर्गमा पुग्दा होस वा राष्ट्रिय मुद्दामा कुरा नमिल्दा राष्ट्रपति भेट्न सुटुक्क शीतलनिवास छिर्दै आएका ओली ‘यू-र्टन’ भएका हुन ।

प्रधानमन्त्री भएपछि ओली संभवत पहिलो पटक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न विहान ११ बजे खुमलटार पुगेका थिए । करिब एक घन्टा चलेको भेटवार्तामा नेता वामदेव गौतमको समेत उपस्थित थिए ।

पार्टी भित्रको शक्ति सन्तुलनका हिसाबले ओली दबाबमा रहेका बेला शनिबारको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । आफ्ना सबै विकल्पहरु सकिएपछि सहमतिमा आउन आग्रह गर्दै ओली नेता तथा मन्त्रीहरुको घरदैलोमा धाउन बाध्य भएको बुझिएको छ ।

खुमलटार दाहाल निवास पुगेर ओलीले आफूविरूद्धको ‘आरोपपत्र’ फिर्ता लिएर सहमतिमा आउन आग्रह गरेका थिए । यद्यपी, दाहालले आफ्नो अडान भने कायमै राखेका छन् ।

राजनीतिक भेट बाक्लिदाँ राजनीतिक वृत्तमा प्रधानमन्त्रीले ठूलै निर्णय लिनसक्ने अनुमान गरिएको छ । संवैधानिक परिषद्सम्बन्धी विवादास्पद अध्यादेश फिर्ता गर्ने गत बुधबारको सहमति पालनामा ओलीले आलटाल गरेपछि अर्का अध्यक्ष दाहाल र बरिष्ठ नेता माधवकुमार नेपाल समूहको भेलाले ‘एक्सन’ लिने चेतावनी दिएका थिए ।

मुठभेडको राजनीतिका लागि विकल्पहरु सकिदै गएपछि संसद विघठन र मध्यावधी निर्वाचनसम्मको निर्णय लिन खाका तयारीमा रहेका ओली अब ठूलो जोखिम मोल्न सक्ने सामथ्र्य सकिएको विश्लेषण गरिएको छ । 

शनिबार नै पाँच मन्त्रीसँग भेट
गृहमन्त्री रामबहादुर थापा बादललाई भेट्न मन्त्री क्वाटर पुल्चोक पुगेका ओलीले त्यहीं पाँच जना मन्त्रीहरुसँग भेटघाट गरेका छन् । गृहमन्त्रीसँगको छलफलमै क्रममा त्यहाँ पाँचजना मन्त्रीहरु जम्मा भएका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले यसलाई आकस्मिक भेट भनेका छन् ।

उनले मन्त्रीहरुसँग प्रधानमन्त्रीले छलफल गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै ‘मन्त्री निवास, पुल्चोकमा आकस्मिक भेट !’ भनेर उल्लेख गरेका छन् । छलफलमा गृहमन्त्री थापासहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, कानुनमन्त्री शिवामाया तुम्बाहाङ्फे र भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्माकुमारी अर्याल सहभागी थिए । 


 



लोकप्रिय समाचार
नयाँ