काठमाडौं। दिनभर भेटघाटमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेका छन्। राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली अहिले साँझ शीतल निवास पुगेका हुन्। प्रचण्डसँग कुरा नमिलेपछि दिनभर छट्पटिएका ओलीले आफूनिकटका नेताहरुसँग पनि भेटघाट गरिरहेका छन्।
यसअघि उनले शनिबार विहान खुमलटार पुगेर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए।
त्यहाँबाट फर्किने क्रममा पुल्चोकस्थित मन्त्री क्वाटरमा पसेर गृहमन्त्री रामबहादुर थापा बादललाई पनि भेटेका थिए। सो भेटमा ओलीले प्रचण्डसँगको भेटवार्त खासै प्रगति नभएको बताएका थिए। मन्त्रीहरु पद्या अर्याल, भानुभक्त ढकाल वसन्त नेम्वांगसँग पनि उनले सोही धारणा राखेका थिए।