arrow

भारतीय क्रिकेट टिमको दशाः जुन दिन सबैभन्दा बढी स्कोर, त्यसैदिन सबैभन्दा कम 

logo
प्रकाशित २०७७ पुष ४ शनिबार
birat-karun.jpg

काठमाडौं । भारतीय क्रिकेट टिमका लागि शनिबार डिसेम्बर १९ सबैभन्दा खराव दिनका रुपमा सम्झनामा रहिरहने छ । चार वर्षअघि टेष्ट क्रिकेटमा सबैभन्दा बढी योगफल बनाएको भारतले चार वर्षपछि सोही दिन सबैभन्दा कम योगफलमा खुम्चिएको छ । 

सन् २०१६ को डिसेम्बर १९ का दिन भारतले टेष्ट इतिहासमा सबैभन्दा बढी स्कोर खडा गरेको थियो । उक्त दिन भारतले इंगल्याण्ड विरुद्धको खेलमा ७ विकेटको नोक्सानीमा ७५९ रन बनाएर इनिङ समाप्तिको घोषणा गरेको थियो । 

करुण नायरले ३८१ बलमा ३०३, लोकेश राहुलले ३११ बलमा १९९ तथा पार्थिव पटेलले ११२ बलमा ७१ रन जोडेका थिए । 

तर त्यसको चार वर्षपछि २०२० को डिसेम्बर १९ मा अष्ट्रेलिया विरुद्धको खेलमा ३६ रनमै समेटियो । यो योगफल भारतको टेष्ट इतिहासमा सबैभन्दा कम थियो ।

के भएको थियो ? 
अष्ट्रेलियाविरुद्ध एडिलेटमा भएको पहिलो टेष्टमा अष्ट्रेलियाले भारतलाई ८ विकेटले पराजित गर्यो । 
एडिलेडमा तेस्रो दिन भारतल बिर्सनलायक प्रदर्शन गर्यो । दोस्रो दिनसम्म मजबुद देखिएको भारत तेस्रो दिन एक्कासी धरासायी भयो । केबल डेढ घण्टामात्र मैदानमा रहेर ९ विकेटको नोक्सानीमा ३६ रनमा खुम्चियो । मोहमद शामी भने चोट बोक्दै रिटायर्ड हर्ट भए । 

एक जना खेलाडीले पनि दोहोरो स्कोर खडा गर्न सकेनन् । यो पनि रेकर्ड भयो । पहिलो इनिङमा ५३ रनको अग्रता बनाएको भारत दोस्रो इनिङमा ३६ रनमै समेटिएला भन्ने सायदैले सोचेका थिए । भयो त्यस्तै । पहिलो इनिङमा २४४ रन बनाएको भारतले अष्ट्रेलियालाई १९१ रनमा रोकेको थियो । 

तर अष्ट्रेलिया सामु टिक्न नसकेको भारतले दोस्रो इनिङमा लज्जास्पद खेलेपछि केवल जितका लागि ९० रनको लक्ष्य पायो । घरेलु टोलीले २ विकेटको नोक्सानीमा जित पायो । तेस्रो दिनमै खेल खत्तम । अष्ट्रेलियाका जोश हाज्लेउडले ५ तथा प्याट कमिन्सले ४ विकेट लिए । 

चार खेलको सिरिजमा अष्ट्रेलियाले १–० को अग्रता बनाएको छ । तर पहिलो खेलको यो लज्जास्पद हारले भने भारतलाई अब सम्हालिन मुस्किल भएको छ । कप्तान विराट कोहली घरायसी कारणले भारत फर्कदैछन् । जसले गर्दा भारत अझ बढी संकटमा हुनेछ । 

दोस्रो टेष्ट मेलबर्नमा २६ डिसेम्बरमा शुरु हुनेछ । 

 



लोकप्रिय समाचार
नयाँ