विशेष अधिवेशन माग गर्दै ओली विरुद्ध हस्ताक्षर गर्ने यि हुन नेकपाका सांसदहरु
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष ४ शनिबार
29
Shares
काठमाडौं। प्रधानमन्त्री केपी ओलीले संवैधानिक परिषदसम्बन्धि दोस्रो पटक अध्यादेश ल्याएपछि नेकपामा यसले हलचल नै ल्यायो । नेकपाकै सांसदहरुले संसदलाई वाइपास गर्दै ल्याइएको विवादास्पद अध्यादेशको कडा प्रतिवाद गरे। उनीहरुले गरेको प्रतिवाद प्रधानमन्त्री केपी ओली बिरुद्धको हस्ताक्षर अभियानसम्म पनि पुग्यो । हस्ताक्षरकर्ता नेकपाका सांसदहरुले बिशेष अधिवेशन बोलाउन माग गर्दै राष्ट्रपतिकहाँ हस्ताक्षर सहितको पत्र बुझाउन पनि गए । नेकपाका नेताहरु भिम रावल र पम्फा भुसालले सांसदहरुको हस्ताक्षर सहितको निवेदन बोकेर राष्ट्रपति कार्यालयमा पुगी विशेष अधिवेशन बोलाउन माग पनि गरे । तर उनीहरुको कुरा सुनिएन मात्र उनीहरुको निवेदन समेत दर्ता गरिएन् । बरु उल्टै सो निवेदनको प्रतिलिपि वालुवाटारलाई उपलव्ध गराइयो । ६ घण्टासम्म कुराएर रावल र भुसाललाई फर्काइयो । ८३ जनाको हस्ताक्षर भएको भनिएको सो पत्रमा शिर्ष नेताहरुले भने हस्ताक्षर गरेका छैनन् । सरकारका मन्त्रीहरुले जुन गुटका भएपनि हस्ताक्षर गरेका छैनन् । सभामुख अग्नी प्रसाद सापकोटाले हस्ताक्षर गरेका छैनन् । उनले अध्यादेश ल्याउनुअघी र ल्याएपछि पनि प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा भाग लिएका छैनन्।
सभामुख अग्निप्रसाद सापकोटासँगै गृहमन्त्री राम बहादुर थापा बादल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, उर्जामन्त्री वर्षमान पुन अनन्त, खानेपानी मन्त्री वीना मगर, श्रम मन्त्री रामेश्वर राय यादव, उद्योगमन्त्री लेखराज भटट, पर्यटनमन्त्री योगेश भट्टराई र कृषीमन्त्री घनश्याम भुसालले पनि ओली विरुद्धको संकलित प्रस्तावमा हस्ताक्षर गरेका छैनन् । नेकपाका पूर्व माओवादी नेताहरु टोपबहादुर रायमाझी, हरिवोलप्रसाद गजुरेल, शक्तिबहादुर वस्नेतले पनि हस्ताक्षर नगरेको बताइएको छ। ओली बिरुद्ध हस्ताक्षर गर्नेहरुमा प्रचण्ड र माधव नेपाल समूहका लगभग समान संख्याका रहेका छन्।