लिभरपुल फेरि उपाधि जित्ने आधार तय गर्दै, यस्तो छ आँकडा
प्रकाशित २०७७ पुष ५ आइतबार
113
Shares
काठमाडौं । डिफेन्डिङ च्याम्पियन लिभरपुल इंगलिश प्रिमियर लिग फुटबलमा लगातार दोस्रो पटक उपाधि जित्ने आधार तय गर्दै अगाडि बढेको छ । शनिबार रातिको खेलमा क्रिस्टल प्यालेसमाथि ७–० गोल अन्तरको जितसँगै लिभरपुल स्पष्ट अन्तरसहित शीर्ष स्थानमा पुगेको छ ।
रोबर्टो फिर्मिन्हो र मोहमद सलाहाले समान दुई गोल गरेको खेलमा लिभरपुलले क्रिस्टलपछि एकतर्फी खेलेको हो । खेलमा तकुमी मिनामिनो, साडियो माने र जोर्डन हेन्डरसनले थप १–१ गोल गरे ।
अंक तालिका
१४ खेलबाट ३१ अंकसहित लिभरपुल शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको एभर्टनको १४ खेलबाट २६ अंक रहेको छ । तेस्रो स्थानको टोटनह्याम हट्सपरको १३ खेलबाट २५ अंक छ । चौथो लेस्टर सिटी र पाँचौं साउथह्याम्पटनको समान २४ अंक छ ।