काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)की नेतृ पम्फा भूसालले संसद विघठनको सिफरिस जनमत विपरित भएको प्रतिक्रिया दिएकी छिन् ।
आइतबार विहान हाम्राकुरालाई प्रतिक्रिया दिंदै संसद विगठनको प्रस्ताव जनमत विपरित साथै गणतन्त्र र लोकतन्त्रमाथिको धावा हो भनेकी छिन् ।
उनले भनिन, ‘यो गैरसंवैधानिक कदम हो, हामी के गर्ने भन्ने छलफलमा जुटिरहेका छौं ।’ संसद बैठक बोलाउन माग गरिरहेका नेकपाका ८३ सांसदहरु अहिले छलफल रहेको पनि नेतृ भुसालले जानकारी दिइन ।
आइतबार विहान मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक डाकेर संसद विघटन गर्न सिफारिस गरेका थिए । उक्त सिफारिसको चौतर्फी विरोध सुरु भएको छ ।