arrow

बालुवाटारमा ओली र प्रचण्डको भनाभन, खुमलटारमा प्रचण्ड-नेपाल गुटको भेला

logo
प्रकाशित २०७७ पुष ५ आइतबार
oli-prachanda6.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक डाकेर संसद विघटन गर्न सिफारिस गरेलगत्तै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा शीर्ष नेताहरुको बेग्लै छलफल सुरु भएको छ ।

ओलीले संसद विघटन गर्न सिफारिस गरेपछि आफ्नो विरोध र असहमति दर्साउन बालुवाटार पुगेका अध्यक्ष प्रचण्डले त्यसलगत्तै खुमलटारमा आफू निकटका नेताहरुको भेला बोलाएका हुन् ।

बालुवाटारमा ओली र प्रचण्डबीच केहीबेर भनाभन समेत भएको स्रोतले बताएको छ । प्रचण्डले संसद विघटनको प्रस्तावप्रति विरोध गरेका थिए । 

अध्यक्ष दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार खुमलटारमा शीर्ष नेताहरुको छलफलपछि तत्कालै धारणा सार्वजनिक गरिने जानकारी दिए ।

आइतबार विहान मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक डाकेर संसद विघटन गर्न सिफारिस गरेका थिए । उक्त सिफारिसको चौतर्फी विरोध सुरु भएको छ । 



लोकप्रिय समाचार
नयाँ