काठमाडौं । संसद विघटनको सिफारिस लिएर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भवन शीतलबाट फर्किए लगत्तै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि बोलाइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै अध्यक्षलाई राखेर छलफल गर्नका लागि दाहाललाई पनि बोलाइएको नेकपाका एक नेताले जानकारी दिए ।
आइतबार विहान मात्र प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक डाकेर संसद विघटन गर्न सिफारिस गरेका थिए । उक्त सिफारिसको चौतर्फी विरोध भइरहेका बेला दुई अध्यक्षबीच सहमति गराउन अन्तिम प्रयास गराउन प्रचण्डलाई बोलाइएको हो ।
संसद विघटनको सिफारिससँगै आगामी बैशाख २३ गते प्रतिनिधिसभाको चुनाव गराउने प्रस्ताव गरेका छन् ।