arrow

अधिनायकवाद उन्मुख कदमप्रती गम्भीर असहमति: शेरबहादुर देउवा

logo
प्रकाशित २०७७ पुष ५ आइतबार
sher-bahadur-deuba-hetauda.jpg

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको संसद विघटनको सिफारिसको प्रतिवाद गर्ने बताएका छन् ।

आइतबार बिहान बसेको मन्त्रीपरिषद्को बैठकमार्फत ओलीले राष्ट्रपति समक्ष संसद विघटनको प्रस्ताव लगेका थिए । प्रमुख प्रतिपक्षी दलका रुपमा रहेको नेपाली कांग्रेस सभापति देउवाले प्रतिनिसभा विघटनको सिफारिस असंवैधानिक रहेको बताएका छन् ।

उनले भनेका छन्, 'प्रतिनिसभा विघटनको सिफारिस असंवैधानिक छ।' ओलीको यो कदम अधिनायकवादको उन्मुखता भएको बताउँदै सभापति देउवाले यो कदमप्रति पूर्ण असहमति रहेको बताएका छन् । यसबाहेक यो सिफारिसलाई राष्ट्रपतिले स्विकीकार गर्न बाध्यता नरहेको समेत बताएका छन् ।

सभापति देउवाले भनेका छन् , 'अधिनायकवाद उन्मुख यो कदमप्रती हाम्रो गम्भीर असहमति छ। संविधान विपरीतको सिफारिस स्वीकार गर्न रास्ट्रपति बाध्य हुनुपर्ने देखिन्न । यो कदमको राजनैतिक प्रतिवाद गर्न नेपाली कांग्रेसले उपयुक्त रणनीति निर्माण गर्नेछ '



लोकप्रिय समाचार
नयाँ