काठमडौं नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको प्रस्ताव पेश गरेर शितलनिवासबाट फर्किएका छन् । प्रधानमन्त्री ओलीले आउँदो वर्ष वि.स. २०७८ को वैशाख २३ मा आमचुनाव गर्ने प्रस्ताव समेत गरेका छन् ।
आइतबार बिहान मन्त्रीपरिष्को आकस्मिक बैठक बोलाउँदै ओलीले संसद विघटनको प्रस्ताव अघि सारेका थिए । सो प्रस्ताव बोकेर ओली शितलनिवाश पुगेका थिए । ओली फर्किएपछि अहिले प्रचण्ड बोलाइएका छन् ।