काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता जनार्दन शर्मा (प्रभाकार) ले प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको अपहरण गरेको बताएका छन् ।
आइतबार विहान प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक डाकेर संसद विघटन गरेपछि नेकपा स्थायी कमिति सदस्य समेत रहेका शर्माले यस्तो प्रतिक्रिया दिएका हुन् ।
'केपी ओलीले फेरी हाम्रो एक मात्र उपलब्धि नयाँ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको अपहरण गरेका छन । यसको रक्षाका लागि सबै तयार होऔ ।' उनले ट्वीटरमा लेखेका छन् ।