काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेपछि नेपाली सेनाले सुरक्षाका विषयमा आन्तरिक छलफललाई तिब्रता दिएको छ ।
सैनिक प्रवक्ता सन्तोष वल्लव पौडेलका अनुसार यो राजनीतिक विषय भएकाले नेपाली सेनाले अवस्थाको सूक्ष्म मूल्यांकन, अनुगमन र विश्लेषण गरिरहेको छ ।
प्रवक्ता पौडेलले भने, ‘सुरक्षा सम्बन्धी चासोलाई सेनाले हेर्छ, यो सेनाको पाटो हो, हामी गम्भीर छलफलमा छौं ।’
यता, नेपाल प्रहरीका महानिरीक्षक शैलेस थापा क्षेत्रीले अवस्था भडकिन सक्ने र आन्दोलन चर्किन सक्ने भन्दै सातवटै प्रदेशका प्रहरी प्रमुखहरुलाई सचेत र चनाखो रहन निर्देशन दिने तयारीमा जुटेका छन् ।
प्रधानमन्त्री ओलीले आइतबार मन्त्रिपरिषदको आकस्मिक बैठक डाकेर संसद विघटन गर्न सिफारिस गरेका थिए ।