arrow

ओलीको कदमविरुद्ध देशभर विरोध प्रदर्शन सुरु

logo
प्रकाशित २०७७ पुष ५ आइतबार
biroddd.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि देशका विभिन्न स्थानमा विरोध प्रदर्शन सुरु भएको छ ।

काठमाडौंको माइती घर मण्डलामा विवेकशील साझा पार्टीबाट अलग्एिका युवाहरु सडकमा उत्रिएका छन् ।

त्यस्तै आइतबार दिउसो तीन बजे नेविसंघका पूर्व अध्यक्ष तथा संविधान सभा सदस्य रंजित कर्णको नेतृत्वमा काठमाडौंमा विरोध प्रदर्शनको तयारी भइरहेको नेवि संघका पूर्व केन्द्रिय सदस्य क्षितिज भण्डारीले जानकारी दिए ।

त्यस्तै संसद विघटन विरुद्ध सत्तारुढ दलकै भातृ संगठनहरुले चितवनमा विरोध प्रर्दशन सुरु गरेको छ । उता ओलीको प्रस्तावले लोकतन्त्रको हरण र संविधानको धज्जी उडाएको भन्दै पोखरामा विद्यार्थीले प्रदर्शन गरेका छन् ।

पोखराको पृथ्वीनारायण क्याम्पसको गेटबाहिर नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का नेता माधवकुमार नेपाल पक्षधर अनेरास्ववियुका विद्यार्थी, जनता समाजवादी पार्टीका विद्यार्थी संगठनले प्रदर्शन गरेका हुन ।

उनीहरुले केपी ओलीविरुद्ध नारा लगाउँदै संविधानमाथि ‘कू’ भएकाले चरणबद्ध आन्दोलन सुरु भएको प्रतिक्रिया दिएका छन् । 
 



लोकप्रिय समाचार
नयाँ