काठमाडौं । काठमडौं नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको प्रस्ताव पेश गर्दै आउँदो वर्ष वि.स.२०७८ को वैशाख बैशाख १५, २३ र २९ गते तीन चरणमा मध्यावधी निर्वाचन गर्न समेत प्रस्ताव गरेका छन् ।
आइतबार बिहान मन्त्रीपरिषदको आकस्मिक बैठक बोलाउँदै ओलीले संसद विघटनको प्रस्ताव अघि सारेका थिए ।
मन्त्रीपरिषद्को बैठकमार्फत ओलीले प्रतिनिधिसभा विघटन गरी आगामी बैशाखमा माध्यावधि निर्वाचन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।
सो प्रस्ताव बोकेर ओली शितलनिवास पुगेका थिए । शितलनिवासमा प्रस्ताव पुर्याएर ओली बालुवाटार फर्किसकेका छन् ।