झापा । झापाको बिर्तामोडमा एक महिलाको हत्या भएको छ । शनिवारदेखि बेपत्ता भएकी बिर्तामोड २ निवासी एक महिला आइतबार विहान मृत अवस्थामा फेला परेकी हुन् । बिर्तामोड नगरपालिका २ चैतुवारी निवासी ४० वर्षीया दिनो राजवंशी घर नजिकैको खेतमा उनी मृत फेला परेकी हुन् ।
स्थानीयवासीले भने ती महिलाको कसैले हत्या गरेर खेतमा शव छाडेको बताउँदै आएका छन् । प्रहरीले शंकास्पद अवस्थामा महिलाको शव फेला परेपछि संघीय इकाई कार्यालय धरानबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान शुरु गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी उपरीक्षक मुकुन्द रिजालले जानकारी दिएका छ्न ।
यस अघि झापाको मेचीनगरपालिकाको चारआली, कमल गाउँपालिका र गौरादहमा पनि महिलाको बीभत्स हत्या भएको थियो । बिगत केसि समय यता देखि झापामा यस्तै किसिमका हत्याका घटना घट्दै आएको पाइएको छ ।