arrow

ओलीको प्रस्ताव राष्ट्रपति भण्डारीले गरिन जस्ताको त्यस्तै सदर, बैशाखमा दुई चरणको चुनाव

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७७ पुष ५ आइतबार
rastrapati_samsad_bigathan.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको प्रस्तावलाई स्वीकृत गर्दै बैशाखमा दुई चरणको चुनावको मिति तोकेकी छिन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता बद्रीनाथ अधिकारीले जारी गरेको विज्ञप्तिमा मन्त्रीपरिषदबाट सिफारिस भइ आएअनुसार संसद विघटन गरी प्रतिनिधिसभाको नयाँ चुनाव तोकिएको हो ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति जस्ताको त्यस्तै

आज मिति २०७७ साल पुस ५ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि नेपाली जनता समक्ष जान मिति २०७८ साल बैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी मिति २०७८ साल बैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नु भएको छ ।

(बद्रिनाथ अधिकारी)



लोकप्रिय समाचार
नयाँ