काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले पार्टीको केन्द्रीय कार्य समिति बैठक बोलाउन माग गरेका छन् ।
मुलुकको पछिल्लो घटनाक्रमलाई लिएर केन्द्रीय कार्य समिति बैठक बोलाउन भण्डारीले माग गरेका हुन् । यो विषम परिस्थिीमा केन्द्रीय कार्य समितिबाट ठोस निचोड निकाल्नुपर्नेमा भण्डारीले जोड दिएका छन् ।
प्रधानमन्त्री केपी ओलीले संसद भंग गरि वैशाखमा मध्यावधी चुनावको घोषणा गरेपछि देशमा राजनीतिक तरलता कायम भएको छ।