arrow

केपी कदम विरुद्ध ७ मन्त्रीको बिद्रोह, दिए राजीनामा

logo
प्रकाशित २०७७ पुष ५ आइतबार
seven-minister-resign.jpg

काठमाडौं। नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको प्रतिनिधिसभाको विघटनगरेसँगै ७ मन्त्रीले राजीनामा दिएका छन् । सात जना मन्त्रीले केपी कदम विरुद्ध बिद्रोह गर्दै राजिनामा दिएका हुन्। सिंहदरबारस्थित कृषि समितिको सभाहलमा आइतबार अपरान्ह पत्रकार सम्मेलन गर्दै नेकपाकै ७ मन्त्रीले सामूहिक राजीनामाको घोषणा गरेका हुन् ।

राजीनामा दिनेहरुमा पूर्वमाओवादीतर्फका उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानीमन्त्री विना मगर एवं पूर्व एमाले नेपालपक्षका कृषी मन्त्री घनश्याम भुसाल र पर्यटन मन्त्री योगेश भट्टराई रहेका छन्।

सामुहिक राजीनामा गिरिराजमणी पोखरेलले पढेर सुनाएका थिए ।



लोकप्रिय समाचार
नयाँ