arrow

नेपालमा सक्रिय संक्रमित घट्दै, मृतक एघार

logo
प्रकाशित २०७७ पुष ५ आइतबार
covid-test-positive-corona.jpg

काठमाडौँ । हालसम्म कोरोना भाइरस संक्रमणमुक्त हुने दुई लाख ४३ हजार ६६४ पुगेका छन् ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै कोरोना भाइरस संक्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ९७ छ । 

त्यसैगरी हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या  आठ हजार ३२०  छ । सक्रिय संक्रमितको सङ्ख्या दुई लाख ५३ हजार ७७२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नौ हजार ४०० मा कोरोना परीक्षण गर्दा थप ५८८ जनामा कोरोना भाइरस संक्रमण भएको मन्त्रालयले जनाएको छ ।  

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ११ जनाको मृत्युसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार ७८८ पुगेको छ । 



लोकप्रिय समाचार
नयाँ