arrow

'राष्ट्रपतिले ओलीको निजी सचिवालको भूमिका निर्वाह गर्नु निन्दनीय'

logo
प्रकाशित २०७७ पुष ५ आइतबार
nsu14.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक डाकेर संसद विघटन गराएपछि देशभर विरोध प्रदर्शन भएको छ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रधानमन्त्री ओलीको कदमबिरुद्ध माइतिघरमा प्रदर्शन गरेको छ । 

प्रधानमन्त्रीको कदम जनआन्दोलन र निर्वाचनमा नागरिकले दिएको मतको मर्मविपरीत रहेको नेविसंघको भनाइ छ । बिरोध प्रदर्शनमा असंवैधानिक कदम खारेज गर, गणतन्त्र मास्‍न पाइँदैन भन्ने नारा लगाएका थिए । 

बिरोध प्रदर्शनमा सहभागि नेविसंघ महामन्त्री दीपक भटृराई भने,' 'यो संकटको समयमा मुलुकलाई अस्तिरता तर्फ धकेल्न चालिएको असंवैधानिक,अलोकतान्त्रिक र प्रतिगमनकारी कदमको हामी घोर भत्सना गर्दछौ। साथै राष्ट्रपतिले केबल केपी ओलीको निजी सचिवालको भूमिका निर्वाह गर्नु निन्दनीय छ यसले संविधान र लोकतन्त्रलाई लज्जित बनाएको छ।'

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतावमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानका दुई वटा धाराको प्रयोग गरी प्रतिनिधिसभाको विघटन गरेकी हुन् ।



लोकप्रिय समाचार
नयाँ