arrow

सुरक्षा निकायका प्रमुखसँग ओलीले गरे छलफल

logo
प्रकाशित २०७७ पुष ५ आइतबार
officers.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न सुरक्षा निकायका प्रमुखसँग बदलिएको राजनीतिक घटनाक्रमबारे छलफल गरेका  छन् ।

संसद विघटन पछि देशभर सुरक्षा चुनौति बढ्नसक्ने आंकलन गरिएपछि प्रधानमन्त्री ओलीले सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका हुन्  । छलफलमा नेपाली सेनाका  प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरिक्षक शैलेस थापा क्षत्री, सशस्त्र प्रहरी बलका महानिरिक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान आयोगका प्रमुख गणेश अधिकारीसँग मुलुकको सुरक्षा चुनौतीको विषयमा छलफल गरेका थिए।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री विष्णुप्रसाद पौडेल सहभागी भएको  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। उनले प्रधानमन्त्रीको कदमपछि बदलिँएको परिस्थितिका बारेमा छलफल गर्नुका साथै आवश्यक निर्देशन दिएको बताए ।

नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णय र प्रधानमन्त्री ओलीका सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दिउँसो प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति तोकेकी छन् ।



लोकप्रिय समाचार
नयाँ