झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लामा पुत्ला दहन गरेका छन् । संसद् विघटनविरुद्ध युवा तथा विद्यार्थीहरुले आइतबार विरोध प्रदर्शन गर्दै गरेका पुत्ला दहन गरेका हुन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा संसद् विघटन गरेपछि ओलीको गृह जिल्लामा नेकपाका भातृ सङ्गठनमा आबद्ध युवा तथा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन ।
बिर्तामोडको मुक्ति चोकबाट सुरु गरिएको विरोध र्याली पश्चिम बस पार्कदेखि पूर्व बस पार्कसम्म परिक्रममा गर्दै पुनः मुक्ति चोकमा आएर कोण सभामा परिणत भएको थियो ।
विरोध र्यालीमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरका युवा तथा विद्यार्थीहरूले संसद् विघटन प्रतिगामी कदम भएको उल्लेख गर्दै उक्त सिफारिस खारेज गर्न माग गर्दै प्रदर्शन गरेका हुन ।
प्रदर्शनकारी हरुले प्रतिगामी कदम खारेज गर, तानासाह मुर्दावाद, फासिवाद मुर्दावाद , सर्वसत्तावाद मुर्दावाद जस्ता चर्का नारा लगाएका थिए । कोण सभामा बोल्दै राष्ट्रिय युवा सङ्घ नेपाल झापाका सहसंयोजक दधि रिमालले ओलीको प्रतिगमनकारी सरकारलाई घुँडा टेकाउन उनीहरु सडकमा उत्रिएको बताए ।
त्यस्तै अनेरास्ववियु विद्यार्थी सङ्गठन झापाका संयोजक अनिल सुवेदीले संसद् विघटन जस्तो असंवैधानिक कार्य गरि प्रधानमन्त्री ओलीले जनताले दिएको जनादेशको अपमान गरेकोमा आक्रोश पोखेका थिए ।