arrow

निर्वाचन गराउन बजेट, कानुन, सुरक्षा र कर्मचारी देउ : निर्वाचन आयोग

logo
प्रकाशित २०७७ पुष ५ आइतबार
PM-Oli-with-election-commission9.jpg

काठमाडौं । संसद भंग गरेर नयाँ निर्वाचन गराउने निर्णय लिएका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण रुपमा निर्वाचनमा जुट्न निर्वाचन आयोगका पदाधिकारीहरुलाई निर्देशन दिएका छन् ।

ओलीले आइतबार निर्वाचन आयोगका पदाधिकारीहरुसँग कुनै शंका नगरी निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएका हुन ।

छलफलका क्रममा ओलीले लोकतन्त्र चाहनेले निर्वाचनको विरोध नगर्ने भन्दै सरकारको सम्पूर्ण ध्यान निर्वाचन गराउनेमा केन्द्रित हुने पनि बताए । 

ओलीले निर्वाचनका लागि आवश्यक पैसा, सुरक्षालगायत सबै विषयको व्यवस्था सरकारले मिलाउने आश्वासन पनि दिएका थिए । 

आयोगका पदाधिकारीले भने निर्वाचन गराउनका लागि बजेट, कानुन, सुरक्षा, कर्मचारीलगायत पक्षको आवश्यकता पर्ने बताए । 

आयोग पदाधिकारीले भने निर्वाचन एकै चरणमा गर्नुपर्ने सुझाव दिएका थिए । सरकारले भने २०७८ सालको बैशाख १७ र २७ गते निर्वाचन गर्ने गरी घोषणा गरेको छ ।



लोकप्रिय समाचार
नयाँ