काठमाडौं । राफेल लियोले खेल शुरु भएको ६ सेकेन्डमै गोल गरेर रेकर्ड आफ्नो नाममा लेखाएका छन् । इटालियन क्लब एसी मिलानका लियोले सिरि ए फुटबलको इतिहासमै सर्वाधिक छिटो गोलको रेकर्ड राखेका हुन् ।
आइतबार राति सासुलोविरुद्ध खेल शुरु भएको ६ सेकेन्डमै पोर्चुगिच २१ वर्षे लियोले गोल गरेका थिए । उनले पिआचेन्जाका लागि पाओलो पोगीले फ्लोरेन्टिनाविरुद्ध सन् २००१ को डिसेम्बरमा राखेको ८.९ सेकेन्डको छिटो गोलको रेकर्ड तोडेका हुन् ।