टोटनह्याम सुस्ताउँदा लेस्टर र म्यान्चेस्टर युनाइटेड लागे अगाडि
प्रकाशित २०७७ पुष ६ सोमबार
142
Shares
काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले दोस्रो स्थानमै रहेर शीर्ष स्थानको लिभरपुलसँग अन्तर कम गर्ने अवसर गुमाएको छ । खेलमा सुस्ताउँदा टोटनह्याम पाँचौं स्थानमा झरेको छ ।
आइतबार रातिको खेलमा लेस्टर सिटीसँग पराजित हुँदा टोटनह्याम पछि परेको हो । आफ्नै घरेलु मैदानमा भएको खेलमा टोटनह्याम २–० गोल अन्तरले पराजित भएको हो ।
पहिलो हाफको ईन्जुरी समयमा जेमी भार्डीले पेनाल्टीमा गोल गर्दै लेस्टरलाई अघि बढाएका थिए ।
खेलको ६० औं मिनेटमा बल जोगाउने क्रममा टोटनह्यामका डिफेन्डर टोबी एन्डेविरेल्डले आत्मघाती गोल गरेका थिए ।
टोटनह्यामको खराव प्रदर्शनले प्रशिक्षक जोजे मौरिन्होलाईसमेत चिन्तामा पारेको छ । घरेलु मैदानमा सुनौलो अवसर गुमाएपछि उनलाई चिन्तामा पारेको हो ।
अंक तालिका
१४ खेलबाट लिभरपुल ३१ अंकसहित शीर्ष स्थानमा रहँदा लेस्टर २७ अंकबाट दोस्रो, म्यान्चेस्टर युनाइटेड २६ अंकसहित तेस्रो, एभर्टन २६ अंकसहित चौथो, टोटनह्याम २५ अंकसहित पाँचौं स्थानमा छ ।
जित सहित लेस्टर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । टोटेनहम २५ अंक सहित चौथो स्थानमा छ ।