arrow

देश अध्याँरो सुरुङ्गमा फसिसक्यो, बैशाखमा चुनाव हुनेवाला छैन : डा.भट्टराई

logo
प्रकाशित २०७७ पुष ६ सोमबार
baburam2.jpg

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले बैशाखमा चुनाव हुन नसक्ने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्वीकृत भई २०७८ साल बैशाख १७ र २७ गतेलाई घोषणा गरिएको निर्वाचन हुनै नसक्ने डा.भट्टराईको भनाइ छ ।

सोमबार विहान सामाजिक संजालमार्फत आफ्नो धारणा राख्दै उनले ‘बैशाखमा चुनाव हुनेवाला छैन।देश अँध्यारो सुरूंगमा फसिस्क्यो। संवैधानिक कानूनी उपचारको झिनो आशा होला तर भर गर्न सकिन्न। दिगो उपचार राजनीतिक नै हो,’ भनेका छन् ।


 



लोकप्रिय समाचार
नयाँ