arrow

उकालो लाग्यो सुनको भाउ

logo
प्रकाशित २०७७ पुष ६ सोमबार
gold-jewellery.jpg

काठमाडौँ । स्थानीय बजारमा सोमबार सुनको मूल्य प्रतितोला रु ९०० ले उकालो लागेको छ ।  छापावाला सुन सोमबार प्रतितोला रु ९५ हजार २०० मा कारोवार भएको छ । छापावाला सुन आइतबार प्रतितोला रु ९४ हजार ३०० मा कारोवार भएको थियो । 
    
यस्तै तेजाबी सुन प्रतितोला रु ८५० ले वृद्धि भएको छ । तेजाबी सुन सोमबारका लागि प्रतितोला रु ९४ हजार ७०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सो धातु आइतबार प्रतितोला रु ९३ हजार ८५० मा कारोवार भएको थियो । 
    
यस्तै चाँदीको मूल्य भने तोलामा रु ४० ले वृद्धि भएको छ । चाँदी प्रतितोला सोमबार रु एक हजार ३२० मा कारोवार भएको छ । आइतबार सो धातु रु एक हजार २८० मा कारोवार भएको थियो । 



लोकप्रिय समाचार
नयाँ