काठमाडौं । विस्तारवादको आरोप लागेको चीनले दक्षिण एसियाली बजारमा आफ्नो पहुँच बढाउन अनेकौं रणनीति अपनाइरहेका बेला शक्तिशाली हुँदै गइरहेको जापानले आफ्नो रक्षा क्षेत्रको बजेटवृद्धिमा नयाँ कीर्तिमान राखेको छ ।
जापानले आउँदो वर्षका लागि रक्षा क्षेत्रमा ५२ बिलियन बजेट बिनियोजन गरेको छ । जापानका प्रधानमन्त्री योशिहिदे सुगाले सोमबार सैन्य क्षेत्रको बजेटमा लगातारको ९ औं वृद्धिलाई स्विकृत गरेका हुन् ।
चीनको बढ्दो सैन्य शक्तिको प्रतिरोध गर्नका लागि जापानले नयाँ बजेटसँगै अत्याधुनिक र शक्तिशाली मिसाइल निर्मान गर्ने भएको छ । यो बजेट गत वर्षको भन्दा १.१ प्रतिशतले बढी हो ।
प्रधानमन्त्री सुगाले पूर्व प्रधानमन्त्री सिन्जो आबेकै निरन्तरतामा सैन्य क्षेत्रको शक्ति विस्तार गरिरहेका छन् । यद्यपी यो कुरालाई आलोचनात्मक रुपमा पनि हेरिएको छ ।एजेन्सी