काठमाडौं । पूर्वी इगल्याण्डमा सुरुको भन्दा ७० प्रतिशतबढी संक्रमक क्षमता भएको कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ। भाइरसहरु त्यसमाथि पनि कोरोना भाइरस निरन्तर रुपमा परिवर्तन भइरहन्छ। कोरोना भाइरसको महामारी चलेयता अहिलेसम्म कोरोना भाइरसले चार हजार भेरियन्ट बनाइसकेको पाइएको छ।
यसैमध्येको एक नयाँ भेरियन्ट सुरुको कोरोना भाइरसभन्दा ७० प्रतिशत बढी संक्रामकरुपमा शक्शिाली पाइएको हो। श्वासप्रश्वास भाइरस खतरासम्बन्धी सल्लाहकार सदस्य डा. मुगे सेभिकले परिवर्तन हुँदै जाने भाइरसको भेरियन्ट निकै नै महत्वपूर्ण हुने बताएका छन्। बेलायतमा अहिले यो नयाँ भेरियन्ट देखिएसँगै थुप्रै युरोपेली मुलुकहरुले बेलायतबाट हवाइ उडानमा रोक लगाएका छन्। बेलायतले समे लकडाउन एवं सुरक्षा मापदण्डका उपायहरु बढाउन थालेको छन् । भाइरसको नयाँ भेरियन्टको संक्रामक क्षमता निकै नै बढी देखिएको भाइरसको डेटा मोगलिंगमा आधारित अध्ययनबाट देखिएको हो।
यद्यपि, के कारणले यो भाइरसको संक्रामक क्षमता बढी भयो भन्ने विषयमा प्रयोगशालाको अध्ययन भने नभएको किंग्स कलेज लण्डनका भाइरोलोजीका प्राध्यापक स्टुअर्ट नीलले बताए। केही निश्चित क्षेत्रका १० देखि १५ प्रतिशत केशहरुमा केही हप्ताअघि यो भेरियन्ट देखिएको थियो। तर गतहप्ता भने यो भेरियन्ट ६० प्रतिशत संक्रमितहरुमा देखिएसँगै बेलायत एवं युरोपभरी त्रास फैलिएको छ।
खोपमा चुनौती
कोरोना भाइरसको बाहिरी सतहमा रहेको स्पाइक प्रोटिन (मुकुट आकारका भाग)को मद्दतबाट यो भाइरस हाम्रो फोक्सो, घाटीलगायतका कोषहरुमा प्रवेश गर्न पाउँछ।अहिले बनेको कोरोना भाइरसविरुद्धको खोप यसै स्पाइक प्रोटिनलाई घेरेर कोषसम्म पुग्न नदिएरै भाइरसलाई एन्टिबडीको माध्यमबाट मार्ने पद्यतीले बनेका छन् ।
यदी भाइरसको भेरियन्ट परिवर्तनका क्रममा स्पाइक प्रोटिन पनि फेरियो भने यसले खोपको क्षमतामा समेत असर पर्ने प्राध्यापक नेलले बताए। त्यसकारण कोरोना भाइरसको भेरियन्ट फेरिएसँगै खोपलाई पनि परिवर्तन गर्नुपर्ने चुनौती समेत आउन सक्ने देखिन्छ। त्यसकारण भाइरसको जिन अर्थात भेरियन्ट फेरिएसँगै स्पाइक प्रोटिन पनि फेरियो भने यसले खोपको कामलाई बाधा पुर्याउन सक्छ। पछिल्लो समय के कारणले संक्रमण बढी रहेको छ भन्ने कुरामा समेत अध्ययन एवं निष्कर्ष नआएको उनले बताए।
कोरोना भाइरसको नयाँ भेरियन्टको अत्याधिक अध्ययन तथ्यांक नहुँदा संक्रमण नियन्त्रणका लागि समाजिक दुरी एवं अन्य सुरक्षाका उपायहरु कुन हदसम्म र कसरी कडाइ गर्ने भन्ने विषयमा समेत समस्या हुन थालेको छ ।