काठमाडौं । डिसेम्बर २१, पुस ६ गते अर्थात आज उत्तरी गोलार्धमा लामो रात र दक्षिणी गोलार्धमा लामो दिनसँगै अर्को ऐतिहासिक खगोलियन घटना हुने भएको छ ।
सौर्यमण्डलमा रहेका दुई ठूला ग्रह वृहस्पति र शनि आज राति जोडिएको देख्न मिल्ने छ । सुर्यको वरीपरि परिक्रमा गर्ने क्रममा प्रत्येक २० वर्षमा यी दुई ग्रहहरु एकको माथि अर्को जस्तै देखिने गर्छन् ।
तर, करिब ८ सय वर्षपछि पहिलो पटक पृथ्वीबाट नांगो आँखाले देख्न सकिने गरेर यी दुई ग्रह एकको माथिबाटे अर्को हुँदै पास भइरहेका हुन् । आज बिहान बिहान ९ बजेअघि उदाउएका यी ग्रह साँझ साढे ७ बजे अस्ताउने छन्।
यसबीचमा आज नेपालका सबै ठाउँबाट साँझको समयमा वृहस्पति र शनि ग्रह जोडिएको जस्तै देख्न सकिने छ भने, यी ग्रहकै माथि अर्धचन्द्रमा पनि देखिने छ।
यद्यपी, यी ग्रह नजिक आएका भने हैनन् । यतिबेला यी दुई ग्रहबीचको दुरी ७३ करोड ५० लाख किलोमिटर हुने छ।
जुन दुरी सूर्य र पृथ्वीबीचको दुरी भन्दा ४.३२ गुणाले बढी हो। तर त्यस रात पृथ्वीबाट हेर्दा भने दुवै ग्रह जोडिएको देखिने छ। जसको आकार चन्द्रमा ५ प्रतिशत जत्रै हुनेछ।